दुर्घटना

    चितवनमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ८ जना घाइते(नामावली)

    नवलपुर टुडे
    २०८२ कार्तिक ४ | मध्यान्ह ०७:०७ बजे

      चितवन, कार्तिक ४ ।  चितवन रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । नारायणगढबाट टांडीतर्फ आउंदै गरेको ना३ख ९९८६ नम्बरको मिनि बस र बिपरित दिशाबाट जांदै गरेको बीएबी ५००८ नम्बरको कार एक आपसमा ठक्कर खांदा बसमा सवार चालक सहित ९ जना घाइते भएका हुन् ।

      घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेमा रत्ननगर–१० बस्ने बर्ष ३३ की पुजा सुबेदीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

      १.बस चालक जिल्ला चितवन राप्ती नगरपालिका–२ बस्ने वर्ष ३६ को सुरज कडेल, मध्यम ।
      २.बसमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. ५ बस्ने वर्ष ३२ को भोजराज कार्की, सामान्य ्र
      ३.जिल्ला चितवन रत्ननगर–७ झुवानी बस्ने वर्ष २७ को प्रभु नारायण महतो, सामान्य्र
      ४.ऐ.बस्ने निजको छोरा वर्ष ८ का रियान महतो, सामान्य ।
      ५.बसमा सवार जिल्ला गोर्खा गण्डकी गा.पा. ३ बस्ने बर्ष ३२ को भोजराज काप्री, सामान्य ।
      ६.बसमा सवार जि।चितवन भरतपुर–१२ बस्ने वर्ष ३७ की शोभा आचार्य, सामान्य ।
      ७.ऐ.ऐ. बस्ने निजको छोरी बर्ष ३ की सदिक्षा आचार्य सामान्य ।
      ८.बसमा सवार जिल्ला गोर्खा बारपाक सुलिकोट गा.पा.३ बस्ने बर्ष ५५ की माईता गुरुङ, सामान्य

        कमेन्टहरु