देश

    भारतीय दूतावास अगाडि नेपाल पक्षका युवा संघको प्रदर्शन, ‘जयसिंह धामीको मृत्‍यु होइन हत्या हो’

    जगत ठाडा मगर
    २०७८ साउन १८ | मध्यान्ह ०४:०४ बजे

      काठमाडौं । दार्चुलाको महाकाली नदिमा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी बेपत्ता भएको घटनाको विषयमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।
      photo 2021 08 02 16 47 07

      उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्द गर, जयसिंह महराको मृत्‍यु होइन, हत्या हो, जयसिंह महराको परिवारलाई राहतको व्‍यवस्था गर ‘ लगायतका प्लेकार्डसहित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

       

      भारतीय एसएसबीले तुइनको डोरी काटिदिँदा नेपाली युवक बेपत्ता भएको भन्दै संघले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न र जयसिंह धामीको परिवारलाई राहतको व्‍यवस्था गर्न माग गरेका छन् । उनीहरुले भारतीय दूताबास नजिकै लैनचौरमा प्रदर्शन गर्दै दार्चुला घटनामा भारतको ज्यादती देखिएको भन्दै त्यसलाई बन्द गर्न माग गरेका छन् ।

      photo 2021 08 02 16 47 12

      भारत सरकारले भने एसएसबीले तुइनको डोरी नकाटेको दावी गरेको छ । गृह मन्त्रालयले घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

      photo 2021 08 02 16 47 08

      photo 2021 08 02 16 47 10

        कमेन्टहरु