मौसम

    आज देशभरको मौसम कस्तो रहला ?

    नवलपुर टुडे
    २०८२ अशोज ३१ | बिहान ०६:०६ बजे

      काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।

      आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले  जनाएको छ । 

       

        कमेन्टहरु