अपराध

    पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज

    नवलपुर टुडे
    २०८२ अशोज २९ | बिहान ०६:०६ बजे

      काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको थुनछेक बहस आज हुने भएको छ । मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस हुने भएको हो ।  

      भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

      सीआईबीले उनलाई आइतबार पक्राउ गरेको हो । महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो ।

        कमेन्टहरु