राजनीति

    प्रतिनिधिसभा विघटनविरुद्ध ११ दलसँग छलफल गर्दै सभामुख घिमिरे

    नवलपुर टुडे
    २०८२ अशोज २९ | बिहान ०६:०६ बजे

      काठमाडौंं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्दैछन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका छन् ।  

      घिमिरेले बुधबार (आज) बिहान ९ बजे ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् ।  त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका छन् ।  

      राष्ट्रिय जनर्मोचा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने बोलाइएको छैन । प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूलाई सभामुखले बोलाएका छन् । संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जानुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल हुनेछ । सभामुख घिमिरेले दलहरुलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका छन् । 

        कमेन्टहरु