मौसम

    आज कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८२ अशोज २९ | बिहान ०६:०६ बजे

      काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

      आज दिउसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

       

        कमेन्टहरु