खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    प्रथम बुढीनन्दा कप खुल्ला भलिबल प्रतियोगिता हुने

    उमेश रोकाया
    २०८२ अशोज २८ | बिहान ०६:०६ बजे

      बाजुरा, असोज २८ । प्रथम बुढीनन्दा कप खुल्ला भलिवल प्रतियोगिता – २०८२ सञ्चालन कोल्टीमा हुनेभएको छ । साइनिङ्ग स्टार युथ क्लब आयोजनामा बुढीनन्दा नगरपालिका-२, कोल्टीमा रहेकोे जनप्रकाश माध्यमिक विधालय प्राङ्गणमा भलिबल सञ्चालन गरिने भएको छ ।

      खेलाडीहरुलाई टिम दर्ता असोज २९ गतेसम्म गरिने भएको छ । असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्नुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान र नयाँ खेल प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक साइनिङ्ग स्टार युथ क्लबले जनाएको छ ।

      ‎भलिबल सहभागिता हुने टिम दर्ता शुल्क ३ हजार गरिएको छ । खुल्ला भलिबल प्रतियोगितामा सहभागिता भएर प्रथम पुरुस्कार रू. ३० हजार , द्वितीय पुरूस्कार रु. २० हजार र तृतीय पुरुस्कार रू.१० हजार नगद, मेडल र कप सहित खेलाडीलाई पुरस्कार दिइनेछ ।

        कमेन्टहरु