देश

    बुलिङटारमा स्कुटर दुर्घटनामा दुई जना घाईते

    नवलपुर टुडे
    २०८२ अशोज २६ | मध्यान्ह ०७:०६ बजे

      बुलिङटार । कालीगण्डकी करिडोरको बतासे डाँडामा आज बिहान भएको स्कुटर दुर्घटनामा स्कुटरमा सवार दुई जना (बुवाछोरा) घाईते भएका छन । घाईते हुनेमा पोखरा महानगरपालिका- १९ का बर्ष ५५ का टि वि पुन मगर र बर्ष १८ का याम पुन मगर घाईते भएका हुन ।

      उनीहरु सवार स्कुटर नम्बर ग २० प २७११ आज बिहान पुर्वी नवलपरासीको गैडाकोटबाट कालीगण्डकी करिडोरको बाटो हुँदै पोखरा जाँदै गर्दा बुलिङटार गाउँपालिका-१ बतासे डाँडामा रहेको ब्रेकरमा ठोक्किएर दुर्घटना भएको हो ।

      दुर्घटनामा दुबै जनाको हात खुट्टामा चोट लागि गम्भीर घाईते भएको छ । घाईते दुबै जनालाई तत्काल उद्दार गरी उपचारका लागि कोटथर स्वास्थ्य चौकी पठाएको बुलिङटार गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कमल बकाबल मगरले जानकारी दिनुभएको छ ।

      सो स्थानमा रहेको व्रेकरमा प्राय मोटरसाइकलसाईकल र स्कुटी दुर्घटना हुने बकाबलले बताउनु भयो । सो ब्रेकरमा सडक बिभाग र सम्बन्धित निकायले बेलैमा समाधान नगरे धेरैको ज्यान जोखिममा पर्ने बकाबलले भने ।

       

       

        कमेन्टहरु