बजार/ब्यबसाय, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    खानेपानी र विद्युत व्यवस्था माग युवाहरु द्वारा बुढिनन्दामा तालाबन्दी

    उमेश रोकाया
    २०८२ अशोज २२ | मध्यान्ह ०८:०६ बजे

      बाजुरा, असोज २२ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा युवाहरुले तालाबन्दी गरेका छन् । बुधवार दिउँसो युवाहरुले जनताको मागअनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

      युवाहरुले नगरपालिकाको कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका हुन् ।

      त्यस्तै प्रहरीकाअनुसार नगरपालिकाले पालिकामा खानेपानी र विद्युतको व्यवस्था गर्न नसकेको भन्दै स्थानीय युवाहरुको समूहले ताला लगाएको जनाएको छ ।

        कमेन्टहरु