देश

    कर्णाली नदीमा कैलालीबाट सुर्खेत जाँदै गरेको डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता

    जगत ठाडा मगर
    २०७८ साउन १७ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौं । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ तर्फ जाँदै गरेको डुंगा दुर्घटनामा परेका हुन् ।

      मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, सोही गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामी मगर र उनको १० वर्षीय छोरा बेपत्ता भएका हुन् । उक्त डुंगामा १० जना सवार थिए । उनीहरु खोप लगाउन लागि कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

      प्रहरीका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् र अन्य पाँच जना भने सकुशल रहेका छन् । घाइते हुनेमा मोहन्याल ३ की १९ वर्षीया धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । धनसराको अवस्था गम्भीर छ र छोरी कर्णको अवस्था सामान्य रहेको छ ।

      घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटिएको छ ।

        कमेन्टहरु