बाढी/पहिरो

    पहिरो खस्दा चितवन र धादिङमा बाटो बन्द

    नवलपुर टुडे
    २०८२ अशोज १८ | बिहान ०६:०६ बजे

      चितवन, असोज १८। चितवन र धादिङमा पहिरो खस्दा बाटो बन्द भएको छ ।

      रातीदेखीको निरन्तरको वर्षाले पहिरो खस्दा चितवनको नारायणघाट-मुग्लिन सडक खण्ड र मुग्लिन-नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको हो ।

      नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन-नागढुङ्गा सडक खण्डको धादिङस्थित जवाङ खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले जानकारी दिए ।

        कमेन्टहरु