देश

    प्रधानमन्त्रीले भेटिइन् ‘जेनजी’ आन्दोलनका सहिद परिवार

    नवलपुर टुडे
    २०८२ अशोज १६ | मध्यान्ह ०५:०६ बजे

      काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन ‘जेनजी’ आन्दोलनका सहदि परिवारलाई भेटेकी छन् । बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।

      साथै, उनले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यसअघि नै ‘जेनजी’ आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाउने बताइसकेकी छन् ।

      हेर्नुहोस् तस्बिरहरू

      PM-Karki-(2)-1759404561.jpeg

      Jagadish-Kharel-(5)-1759404559.jpeg

      Jagadish-Kharel-(2)-1759404554.jpeg

      Jagadish-Kharel-(3)-1759404556.jpeg

      Jagadish-Kharel-(4)-1759404556.jpeg

      Jagadish-Kharel-(9)-1759404561.jpeg

      तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

        कमेन्टहरु