कोशी प्रदेश, घटना

    झापामा चट्याङ लागेर महिलाको मृत्यु

    नवलपुर टुडे
    २०८२ अशोज १५ | मध्यान्ह ०४:०६ बजे

      झापा । झापामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।

      बुधबार बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन् । मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको हो ।

        कमेन्टहरु