अपराध

    सडकमा प्रहरीलाई अभद्र व्यवहार गर्ने तामाङ समातिए

    नवलपुर टुडे
    २०८२ अशोज १५ | बिहान ०७:०६ बजे

      काठमाडौं । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ छन् ।

      काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी काठमाडौंको बबरमहलमा बस्दै आएका थिए । उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो ‘भाइरल’ भएको थियो । 

        कमेन्टहरु