देश

    नेपालीको लागि दुखद खबर, न्यूयोर्कमा अस्ताए फेरी एक नेपाली

    जगत ठाडा मगर
    २०७८ साउन १७ | बिहान ०८:०४ बजे

      बिजय थापा
      न्युयोर्क । अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ । पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा जुलाई २७ का दिन मृत्यु भएको हो ।

      ५ बर्ष अगाडी मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो ।

      उपचारको क्रममा उनको मृत्यु भएको गैर आवाशीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले जानकारी दिएका छन ।

        कमेन्टहरु