देश

    दसैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने

    नवलपुर टुडे
    २०८२ अशोज ९ | बिहान ०९:०६ बजे

      काठमाडौं । अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

      यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो । विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन् ।

        कमेन्टहरु