प्रबास

    कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी वर्षा

    एजेन्सी
    २०८२ अशोज ८ | मध्यान्ह ०१:०६ बजे

      कोलकाता । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा ३९ वर्षयताकै सबैभन्दा बढी वर्षा हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जनाको निधन जलमग्न भएको ठाउँमा करेन्ट लागेर भएको हो।

      ef04f400-9909-11f0-a4f9-7b230f03cd8e.jpg

      सोमबार रातिदेखि परेको भारी वर्षाले सहर र यसका उपनगरहरूमा रहेका आवासीय तथा व्यापारिक क्षेत्रहरूमा जलमग्नको समस्या देखिएको छ। धेरै मुख्य सडकहरू डुबानमा परेका छन् भने रेल सेवाहरू पनि प्रभावित भएका छन्, जसले गर्दा यात्रुहरू घुँडासम्मको पानीमा हिँड्न बाध्य भएका छन्।

      d4099ef0-9902-11f0-a3b5-9d360177fe04.jpg

      यो भीषण वर्षा दुर्गा पूजाभन्दा केही दिनअघि भएको हो, जुन यस क्षेत्रको सबैभन्दा ठुलो र लोकप्रिय वार्षिक उत्सव हो। यो समयमा हजारौँ मानिसहरू देवी दुर्गाको पूजा गर्न बाहिर निस्कने गर्छन्।

      58562e80-9903-11f0-a3b5-9d360177fe04.jpg

      २४ घण्टाभन्दा कम समयमा २५१.४ मिमि वर्षा भएको यो घटना सन् १९८६ यता सहरमा भएको सबैभन्दा ठुलो वर्षा हो। साथै, यो विगत १३७ वर्षमा यस क्षेत्रको छैटौँ सबैभन्दा बढी एकदिने वर्षा पनि हो।

      2f7f46a0-9902-11f0-a3b5-9d360177fe04.jpg

      भारतीय मौसम विभागका अनुसार यो वर्षा उत्तर-पूर्वी बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको कारण भएको हो। आगामी केही दिन पनि थप वर्षाको पूर्वानुमान गरिएकोले सहरमा सतर्कता अपनाइएको छ।

      9d2e2730-9901-11f0-a3b5-9d360177fe04.jpg

      पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले यस्तो वर्षा आफूले कहिल्यै नदेखेको बताउँदै ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेकी छिन् र पीडित परिवारलाई क्षतिपूर्ति दिने वाचा गरेकी छिन्। धेरैजसो मृत्यु करेन्ट लागेर भएकोले थप दुर्घटना हुन नदिन धेरै ठाउँमा बिजुली काटिएको छ। अधिकारीहरूले मंगलबार रातिदेखि नै जनजीवन सामान्य बनाउन प्रयास गरिरहेको बताएका छन्।

      4ba5eb60-9900-11f0-a3b5-9d360177fe04.jpg

        कमेन्टहरु