समाज

    बाजुरामा सर्पको टोकाइबाट एकजनाको मृत्यु

    रासस
    २०८२ अशोज ८ | बिहान ११:०६ बजे

      बाजुरा, असोज ८। यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

      स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिनुभयो । उहाँकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।

        कमेन्टहरु