कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, सुदुरपश्चिम प्रदेश

    कविताको शिर्षक मेरो देश रुहिरहेको छ

    याम बहादुर थापा मगर
    २०८२ अशोज ८ | बिहान ११:०६ बजे
    याम बहादुर थापा मगर बागलुङ नगरपालिका वडा नंं १० ,भकुण्डे, धौलेचउर,बागलुङ

      कविताको शिर्षक

      मेरो देश रुहिरहेको छ

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      मेरो आमा रुपी देश रोइरहेकी छिन्।
      आकाश भरि आँसु झरी बनेर पोखिइरहेछ,
      धरती भरि पीडाको चिरा परेका छन्।
      तर म—एक अमुक नेपाली छोरा,
      न आँसु पुछ्न सक्दछु, न घाउमा मल्हम लगाउन।
      केवल निरीह भएर आँखा रसाउँछु,

      मेरो देश जलिरहेको छ
      र मन कुँढिन्छ, कि किन यस्तो भयो?

      देशलाई बलात्कार गरिएका कथाहरू सुनिन्छन्,
      तथानाम चिर्थोरिएका लाशहरू देखिन्छन्।
      घुसपैठका नाममा आत्म सम्मान खोसिन्छ,
      विदेशी सपना बोकेर लाखौं पन्छीएका छन्।
      तर किन आफ्नै घरमा आगो लगाइरहेका छन्?
      किन आफ्नै बारीमा विष छर्किरहेका छन्?
      म बुझ्न सक्दिनँ—मरेको विवेक खोजिरहेछु।

      मेरो मनले भन्छ,
      युवा पुस्ता जाग्नुपर्छ ।
      जसले केवल विद्रोहका नारा होइन,
      सृजनाका बीउ छर्न सक्छन्।
      ज्ञान र सीपका उज्यालो दीप
      हातमा बोकेर हिँड्न सक्छन्।
      देशलाई पुनः हराभरा बनाउन
      किसानको कोदालो, विद्यार्थीको कलम,
      श्रमिकको पसिना र आमाको माया
      एकै साथ थाप्नुपर्छ।

      सकारात्मक सोचको उपाय हो,
      आफ्नो चित्त बुझाउने मूल मन्त्र हो।
      जसले देख्छ, उसले मात्र रोएनस्,
      उसले केही गर्‍यो भने
      आगोलाई पानीले निभाउन सकिन्छ।
      युवाहरूले हातेमालो गरे
      भ्रष्टाचारका जञ्जाल काट्न सकिन्छ।
      किसानका छातीमा फेरि सुन उमार्न सकिन्छ।
      शिक्षकले ज्ञानको आकाश खोलिदिए
      देशका ढोकाहरू उज्यालो बन्न सक्छन्।

      मेरो देश जलिरहेको छ,
      तर आगोले खरानी मात्र बनाउँदैन।
      नयाँ बाली अंकुराउने उर्वरता पनि दिन्छ।
      त्यसैले, म आँसु पुछ्दै भन्छु,
      “आमा! धैर्य गर्नुहोस्,
      तपाईंका छोराछोरी अझै बाँकी छन्,
      तपाईंलाई फेरि हराभरा बनाउन
      उनीहरू प्रतिज्ञाबद्ध छन्।”

        कमेन्टहरु