प्रबास

    जहाजको क्याबिनमा मुसा देखिएपछि उडान तीन घण्टा ढिला

    एजेन्सी
    २०८२ अशोज ७ | मध्यान्ह ०२:०६ बजे

      भारतको कानपुर–दिल्ली उडान मुसाका कारण झण्डै तीन घण्टा ढिला भएको  छ। क्याबिनमा मुसा देखिएपछि उडान तीन ढिला भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। मुसा खोज्न सबै यात्रुलाई जहाजबाट ओरालिएको थियो। मुसा निकालेपछि मात्र उडान भएको थियो। 

      दिल्ली–कानपुर इन्डिगो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो २:१० बजे चकेरी विमानस्थलमा अवतरण गरेको थियो। उक्त विमान २:५० बजे प्रस्थान गर्ने तालिका थियो। उडानअघि चालक दलका एक सदस्यले क्याबिनमा मुसा दौडिरहेको देखे। उक्त उडानमा १७२ यात्रु थिए। 

      त्यसपछि उनले वरिष्ठ अधिकारीलाई जानकारी गराए र उडान रोकियो। अनि यात्रुलाई सुरक्षाका लागि जहाजबाट ओरालेर लाउन्जमा पठाइयो। त्यसपछि ग्राउन्ड क्रू र प्राविधिक कर्मचारीले मुसा खोजी अभियान चलाए। करिब तीन घण्टापछि मुसा हटाइयो। अनि विमान स्थानीय समयअनुसार सोही दिन दिउँसो ४:५० बजे दिल्लीतर्फ उडान भरेको थियो। 

        कमेन्टहरु