यातायात

    मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध

    नवलपुर टुडे
    २०८२ अशोज १ | बिहान ०८:०६ बजे

      काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

      गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएर सडक आवागमन एकतर्फी सुचारू भएकोमा पुनः माथिबाट पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ । 

      बिहानैबाट पहिरो हटाउने काम सुरु गरिएको र बाटो पुन सञ्चालनमा आउन कम्तीमा २ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

       

        कमेन्टहरु