देश

    देउवालाई नेपालको आग्रह : जनतालाई दिएको वचन पूरा गर्नुस्, खोप छिटो उपलब्ध गराउनुस्

    जगत ठाडा मगर
    २०७८ साउन १६ | मध्यान्ह ०४:०४ बजे

      काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनतालाई दिएको वचन पूरा गर्न सुझाव दिएका छन् ।

      आज थापाथलीस्थित कार्की पार्टी प्यालेसमा आयोजित अखिल फोर्सको कार्यक्रममा नेपालले कोभिड–१९ विरुद्धको खोप सम्पुर्ण नागरिकलाई छिटो उपलब्ध गराउन आग्रह गरे ।

      “घोषणा गर्नुभएको छ, ठिक छ घोषणा गरेर मात्रै आनन्दित नबन्नुस् । नेताहरुको बानी बिग्रिएको छ ।कुरा मात्रै ठुलाठुला गर्ने, काम नगर्ने । वचन धेरै दिने, पूरा नगर्ने । त्यो तपाईंबाट नदोहोरियोस्,” उनले भने ।

      देउवाले संसदमा विश्वासको मत लिँदा आफ्नो पहिलो प्राथमिकता खोप भएको बताएका थिए । नेता नेपालले सो कुरा सम्झाउँदै निमुखाहरुलाई पनि खोप लगाउने व्यवस्था गर्न आग्रह गरे ।

        कमेन्टहरु