मौसम

    यी प्रदेशमा भारी वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८२ भदौ ३० | बिहान ०६:०५ बजे

      काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

      सोमबार देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै तथा तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

       

        कमेन्टहरु