विचार/ब्लग

    कबिता : “आवाज”

    नवलपुर टुडे
    २०८२ भदौ २९ | मध्यान्ह ०८:०५ बजे

      “आवाज”

      कालो बादल, धुवाँ–धुवाँ

      चर्को नारा, ढङ्ढङ् गोली, रगतको होली
      आमा, म नयाँ बिहानी खोज्न
      किताब झन्डा र कलम हातमा लिएर
      क्रान्तिको बिगुल फुक्दै थिएँ।।

      म आजलाई भन्दा भोलिलाई
      अनि भोलिको भोलिलाई
      मेरो आजले उठाएको आवाजले
      नयाँ पुस्ताको नयाँ इतिहास लेख्दै छु
      म भोलीको ईतिहास आज रच्दै छु ॥

      हिजोको कलम र मसीले लेख्न नसकेको
      भविष्य मेरो रगतले लेख्दै छु ,
      जन्म दिनुभयो, हिँड्न बोल्न सिकाउनुभयो
      साना लाई माया ठुलाको सामु झुक्नसीकाऊनु भो
      भ्रष्टचारी, लुटेरा, चोर थिए
      हामीभन्दा जोड का तोड थिए ॥
      छिनमै १९ जना साथी छुटी लागे
      कालिलो उमेर ,, गोलीको नालमा लुटी लगे ॥

      म लास बनी ढली रहेँ।
      संविधान अनि संरचना बनी जली रहेँ।
      लुटेकाहरूले लुटिरहे।
      झोलेले नारा भुकिरहे।
      आमा, मेरो तिथि डुबिसक्यो।
      देशले भ्रष्ट बुझिसक्यो।
      उठे नेपाली, मेरो रगतको अक्छेता मुसेर।
      जुटे नेपाली, वचनको नाताले जुटेर
      ढल्यो दरबार राजा–महाराजाको,
      बल्यो संबिधानको किताब, नसमेटीयका सर्वहारको
      सती जलाई, सतीले सरापेको देश
      हजुरआमा-नारीले समेट्दै छिन्
      खरानीको टीका र खरानीकै मसीले
      देशको इतिहास लेख्दैछीन् ॥

      खबरदार, फेरि झोला बोकी आए!
      खबरदार, फेरि ज्यानमारा नारा बोकी ल्याए!
      म ऊदन्ड हुनेछु पर्लय बोकेर
      म परिवॅतन बोक्ने छु नेपाली भएर ।
      म आगो उक्लने छु आघात भएर।
      म नेपाल बोल्ने छु आजाद भएर।
      म नेपाल बोल्ने छु आजाद भएर।

      लेखक : ई सागर पैडेल
      १३-०९-२०२५
      ER Sagar Poudel

        कमेन्टहरु