देश

    बुद्धभूमिकाे हिन्दु युवा शक्तिकाे नगर कमिटीकाे अध्यक्षमा : सन्दिप पाैडेल

    जगत ठाडा मगर
    २०७८ साउन १५ | मध्यान्ह १०:०४ बजे

      धनी राम काेरी
      कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाकाे नगर स्तरीय हिन्दु युवा शक्तिको नगर कमिटी बुद्धभुमि नगरपालिका वडा नं ८ हरियारपुरकाे खैरानिया मन्दिरमा गठन भएको छ ।

      हिन्दु युवा शक्ति जिल्ला अध्यक्ष फागुराम पाण्डेयको अध्यक्षता तथा महासचिव विषणु प्रसाद तिवारी, सचिव अभिषेक माणी यादव र प्रवक्ता माेतीलाल मिश्रकाे आतिथ्यमा नगर कमिटी गठन गरिएको छ ।

      बुद्धभुमि नगरपालिकाकाे नगर कमिटीमा नवगठित अध्यक्ष सन्दिप पाैडेल, वरिष्ठ उपाध्यक्ष विवेक प्रताप राणा, काेषाध्यक्ष नवीन खनाल, सचिव अरुन तिवारी, सहसचिव सुनिल परियार, सदस्य सुनिल थारु, जितेन्द्र यादव, वन्सत अधिकारी, विरेन्द्र यादव, प्रवक्ता मनिराम अहिर र सल्लाहकार उमाकान्त मिश्रालाई चयन गरेका छन् ।

        कमेन्टहरु