अर्थ

    नवलपरासी कारागारमा १९ कैदी फर्किए

    रासस
    २०८२ भदौ २७ | मध्यान्ह १२:०५ बजे

      नवलपरासी । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । ‘केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन्’, उनले भने । 

      कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारी साधन नचलेर उनीहरू आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए ।

        कमेन्टहरु