नेपाल पत्रकार महासंघ सिराहा शाखाको पहिलो बैठक सम्पन्न, (९ बुँदे निर्णय सहित)


बिनाेद मण्डल
सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाको पहिलो बैठक, सिरहाको सदरमुकाममा सम्पन्न भएको छ ।

बैठक सिरहाको पुस्तकालय भवनको सभाहलमा पुर्व निर्धारित समयमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैताको अध्यक्षतामा बसेको थियोे ।

पहिलो बैठकले बिभिन्न ९ बुँदे प्रस्ताबमाथि छलफल गरि
कार्यान्वयन गर्ने निर्णय गरिएको छ । बैठकले व्यवस्थापन, दक्षता अभिवृद्धि, आगामी कार्य योजना, सञ्चार तथा सूचना केन्द्र स्थापना, सुशासन र पारदर्शिता, आचारसंहिता लगायत समयसापेक्ष अनुसारको प्रक्षिक्षण दिइने, सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा ल्याउने, ३/३ महिनामा कार्यसमितीको बैठक बस्ने लगायत समसामयिक विषय वस्तुमाथि गहन छलफल र विश्लेषण गरेर कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सिराहा शाखाको सचिव शिवदयाल यादवले गर्नुभएको थियो ।





