देश

    कोटेश्वर र बालुवाटार अलग अलग ठाउमा खुट्टा राखेर पार्टी एकता असम्भव छ – एमाले नेता सुर्य थापा

    जगत ठाडा मगर
    २०७८ साउन १५ | मध्यान्ह ०६:०४ बजे

      कठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सुर्य थापाले बयर रोपेर सुन्तला नफल्ने बताएका छन् ।

      उनले चौतारी टेलीभीजनको राजनीतीक बहस कार्यक्रममा प्रस्तोता दिपेस श्रेष्ठसंग अन्तर्वाता दिदै माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले नेता माधवकुमार नेपाललाई बयर रोपेर सुन्तला फलाएर खान खोजेको आरोप लगाएका हुन्।

      माधवकुमार नेपालले कोटेश्वर र वालुवाटारमा एकै पटक दुईतिर खुट्टा लगाएर गन्तब्यमा सम्म पुग्न नसक्ने पनी बताए । अध्यक्ष ओलीले पार्टी भित्रको समस्यालाई समाधान गर्न खोजे पनि माधवकुमार नेपालले एकै पटक दई तिर खुट्टा लगाएकै कारण पार्टी भित्र समस्या आएको र अब फेरि पनि निति नियमलाई पालना गरेर विगतमा गरेका गल्ती महसुस गरेर आए पार्टीमा समेटेर अगाडि बड्न सक्ने `उनको भनाई थियो ।

      नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादर देउवासंग बयर रोपेर सुन्तला खाने अपेक्षमा रहेको थापाले बताए ।

        कमेन्टहरु