देश

    रुपन्देहीमा बिहीबार बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यू

    नवलपुर टुडे
    २०८२ भदौ २६ | बिहान ०९:०५ बजे
      रुपन्देही । रुपन्देहीमा बिहीबार बिहानदेखि पुनः कर्फ्यू जारी भएको छ । भदौ २४ गते बेलुका ८ : ३० बजेदेखि जारी भएको कर्फ्यू भदौ २६ गते बिहीबार बिहान ७ देखि ९ बजेसम्म खुल्ला गरिएको हो ।
       
      जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार (आज) बिहान ९ देखि बेलुकी ७ बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए ।
       
      स्थानीय प्रशासन ऐन २०२८ को दफा २६ ‘क’ बमोजिम आदेश जारी गरिएको उनले बताए।

        कमेन्टहरु