रौतहटको देवाही गोनाही नगरपालिका – ७ मा आईटी आर्मी गठन


सिताराम साह
रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको एक वडामा २०५ सदस्यीय आईटी आर्मी गठन भएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नम्बर ७ उचिडिहमा सो समिति गठन गरिएको छ । वडामा रहेको श्री आधारभुत बिधालय उचिडिहको प्राङ्गणमा यूवाहरू भेला भइ नगर उपप्रमुख परनीया देवीको प्रमुख आथित्यता तथा आईटी आर्मीको केन्द्रीय सदस्य बिरबल प्रसाद कुश्वाहाको सभापतित्वमा २०५ सदस्यीय आईटी आर्मी गठन गरिएको छ।
उक्त आर्मी गठनको अध्यक्षमा पदमा अरविन्द्र पटेल चयन भएको छ भने वरिष्ठ उपाध्यक्षमा जयकान्त झा, र उपाध्यक्षमा धिरज साह, अनिल उपाध्याय, सहिद जलन, सचिवहरुमा विनेश प्रसाद कुश्वाहा, स-सचिव साहेब साह, राजकुमार साह, जयकान्त कुमार झा, आशुतोष कुमार झा, संजय पासवान, नरेश कुश्वाहा र सदस्यहरुमा बिवेक झा, नौसाद आलम, जितेन्द्र साह, जलन्धर कुश्वाहा, आजद आलम, उमाकान्त कुश्वाहा लगायत अन्य १८८ जना सदस्यहरु सर्वसहमतिले चयन भएका छन।
उक्त कार्यक्रममा देवाही गोनाही नगरपालिकाका नगर उपप्रमुख परनिया देवी, नेकपाका नेता जुझारु नेता एवम् नगर प्रमुख पदका प्रत्यासी प्रेम साह कानु लगायत स्थानीयहरु को पनी उपस्थिति रहेको थियो।





