अर्थ, देश

    दुई दिन सेयर कारोबार नहुने

    नवलपुर टुडे
    २०८२ भदौ २५ | बिहान १०:०५ बजे

      काठमाडौं । पुँजी बजारमा बुधबार र बिहीबार सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।

      “हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ,” नेप्सेले बुधबार सार्वजनिक गरेको सूचनामा भनेको छ ।

        कमेन्टहरु