देश

    कपिलवस्तुको शुद्धोधन गाउपालिकामा भ्रष्टाचारको अर्को काण्ड : डमी रसिद

    जगत ठाडा मगर
    २०७८ साउन १५ | मध्यान्ह ०१:०४ बजे

      कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले तोकेको कर अर्थात् व्यवसायीले पालिकालाई तिर्ने वार्षिक करको नगदी रसिद नक्कली ठहरिएको छ ।

      226454430 517686069516415 4965815740576081927 nz

      शुद्धोधन गाउँपालिका वडा नं. ३ लबनीस्थित गुलाम मदिरा पसल/केन्द्रको नाममा काटिएको नगदी रसिद नक्कली पाइएको छ । यससम्बन्धी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय साथै जिल्ला समन्वय समिती कपिलवस्तुमासमेत उजुरी
      परिसकेको छ ।

      त्यसैगरी राममिलन मदिरा पसल खुद्रा बिक्री अनुसार नविकरण जरिवाना गरी बढी रकम रु २७,०००/- को रसिद काटिएको छ । कोरोनाको कारण नेपालको हरेक निकायले व्यवसायीलाई केही सहुलियत दिए तर शुद्धोधनले दिन नसक्नुको कारण के होला?

      तीनवटा बिल रसिदमध्ये वि.स. २०७८ अषाढ ९ गतेको र.नं. २९०१ भए, सोही वर्ष अषाढ २५ गते र.नं.२७७८ कसरी हुने भयो ? अर्कोतिर वि.सं. २०७८ साल ३ महिना २८ गतेको र.न.संख्या २९०२ कसरी? व्यावसायीले पालिकालाई तिरेको बार्षिक कर तथा राजस्वको दुरुपयोग भएको प्रष्ट देखिन्छ ।

      शुद्धोधन गाउँपालिकाको लेखापालसँग सोध्दा यो आ.व. को रसिद नभेटिएको कारणले गुलाब मदिरा पसलको रकम बुझेपछि पछिल्लो वर्षको रसिद काटेर दिए । राम मिलन मदिरा पसलको वि.स. २०६५ साल देखि नविकरण नभएकोले वि.स. २०७८ सम्मको नविकरण र जरिवाना गरी २७,०००/- हुन पुगेको हो भनी उहाँले जानकारी दिनु भएका छ।

        कमेन्टहरु