देश, समाचार

    बागलुङका पार्टी कार्यालयमा तोडफोड

    नवलपुर टुडे
    २०८२ भदौ २५ | बिहान ०७:०५ बजे
       

      बागलुङ । बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ । प्रदर्शनकारीहरूले राजनीतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पुर्‍याएका छन् । 

       

      उनीहरूले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय तोडफोड गरेका हुन् । 

      एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामग्री निकालेर सडकमा ल्याएर जलाएका उनीहरूले त्यसपछि माओवादी केन्द्र बागलुङको पार्टी कार्यालय तोडफोड गरेर कागजपत्र जलाइएको छ । 

       

      त्यस लगत्तै नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचर सडकमा ल्याएर जलाइएका थिए ।

       
       
       

       

       

        कमेन्टहरु