यातायात

    अनिश्चितकालीन यातायात बन्दको घोषणा

    नवलपुर टुडे
    २०८२ भदौ २५ | बिहान ०६:०५ बजे

      काठमाडौं । आन्दोलनका क्रममा विभिन्न ठाउँमा तोडफोड तथा आगजनी भएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चितकालीन बन्द घोषणा गरेको छ । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने उसले जनाएको छ ।  

      भदौ २३ गते जेनजी समूहले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको र करफ्यूका कारण देशभरको जनजीवन प्रभावित भएकाले अवस्था सामान्य नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको हो । 

      महासङ्घले सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिलाई आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा सहयोग गर्न निर्देशन पनि दिएको छ ।  

        कमेन्टहरु