सुर्खेतमा ४० लाख अवैध सामान सहित बस र चालक प्रहरी नियन्त्रणमा

जगत ठाडा मगर
२०७८ साउन १५ | बिहान ०९:०४ बजे

सुर्खेत । सुर्खेत प्रहरीले ४० लाख भन्दा बढीको अवैध मालसामान सहितको बस र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौँदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ ।
बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामान सहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले पक्राउ परेका व्यक्ति बाँकेको जानकी गाउँपालिका २ खजुराका बर्ष ४१ का दल बहादुर बोहरा रहेको जानकारी दिए ।
घर्तीका अनुसार उक्त, बसलाई आवश्यक कारबाहीका लागि लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको छ ।





