देश

    देउवा नेतृत्वको सरकारमा मन्त्रीमा, उमाकान्त चौधरीको नाम अग्रपंक्तिमा चर्चा

    जगत ठाडा मगर
    २०७८ साउन १५ | बिहान ०९:०४ बजे

      काठमाडौ । ओलीको प्रधानमन्त्रीबाट बहिर्गमन पस्चात बनेको नेपाली काग्रेसको सभापति शेर बहादुर देउवाको नेतृत्वको सरकारमा यति बेला मन्त्रीको चर्चामा उमाकान्त चौधरीको नाम पनि अग्रपनन्तीमा छ ।

      बारा क्षेत्र नम्वर एकबाट प्रतिनिधि सभा सदस्य भएका चौधरी बाराको मात्र नभएर देशकै लोकप्रिय नेता हुन्।
      नेबि संघको बिधार्थी रानजितिबाट राजनितिमा सक्रिय रहेका चौधरी त्रिभुवन विश्वबिधालयको केन्द्रि क्याम्पस कृर्तिपुरको उपसभापति बन्नुभएको थियो।

      मधेशबाट नै पहिलो पटक क्याम्पसका उपसभापति बन्नुभएको चौधरी गिरिजा प्रसाद कोईराला बिजय कुमार गच्छादार खुम बहादुर खड्का लगाएतका नेपाली कग्रेसका बरिष्ट नेताहरुको नजरमा सक्रिय नेताको रुपमा परिचित थिए ।नेबिसङ पछि तरुण दलको केन्द्रिय सदस्य हुदै ३२ बर्षकै कलिलो उमेरमा बारा क्षेत्र नम्वर १ बाट २०५६ सालमा प्रत्यक्ष संसदमा लडेर बारा जिल्ला लालकिल्ला भन्ने भनाईलाई बिफल बनाउदै एमालेका मकुन्द न्यौपानेलाई भारी मतले पराजित बनाउदै चौधरी बिजय हुनुभएको थियो।

      पहिलो पटक संसद हुदा नै कृषि राज्य मन्त्री बन्नु भएका चौधरीले आफ्नो पालामा कृषिमा केहि नयाँआयम थप्ने काम गरेका थिए । साथै निजगढको लाल बकैयाको तटबन्धन खानेपानी समस्या समधानमा महत्वपुर्ण भुमिका निभाएका थिए ।

      २०५६ मा कृषि राज्य मन्त्री हुदै २०६४ मा प्रत्यक्ष प्रतिनिधि सभामा निर्वाचित हुनुभएको चौधरी स्वास्थ्य मन्त्री बन्नु भएको थियो । स्वास्थ्य मन्त्री हुदा स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेखनिय योग्दान पुराउनु भएको चौधरीले देश भरि उपस्वास्थ्य चौकी निर्माण, महिला स्वयमसेबिकालाई भत्ता, स्वास्थ्य बिमा, लगायत ठुला हस्पिटल निर्माण, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गरि सरकारी बिधालयमा पढने बिधार्थीलाई MBBS पढन कोटाको ब्यवस्था समेत गराएका थिए।

      दोस्रो पुस्ताको लोकप्रिय छबिका नेताको रुपमा परिचय बनाएका चौधरी नेपाली काग्रेसको केन्द्रिय सदस्यमा ३ पटक निर्वाचित भैसक्नु भएको छ । हाल २०७४ सालमा केपी शर्मा ओलीका नजिकको पात्रको रुपमा परिचित अच्चुत मैनालीलाई भारी मतले पराजित गर्दै बिजय भएका चौधरी देशभरिका युवाहरुको बिच लोकप्रिय हुनुहुन्छ।

      निडर र स्वस्छ छबि बनाएका चौधरी मधेशमा काग्रेसलाई टिकाई राख्न कोसेढुङ्गाको रुपमा स्थापित हुनुहुन्छ।
      मन्त्री चर्चा सगै उहाँको नाम पनि समेटिनु पर्ने भन्दै देशभरका काग्रेस सदस्यहरुले सामाजिक सन्जालमा आवाज उठाईराखेका छन् । भद्र सालिन र उच्च राजनीति सिद्धान्त भएका नेतामा पर्ने उहाँ एक सच्चा देश भक्त नेता हुन।

        कमेन्टहरु