देश

    अव्यवस्थित तथा भूमिहीन नागरिकहरुको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

    जगत ठाडा मगर
    २०७८ साउन १५ | बिहान ०८:०४ बजे

      पाल्पा । पाल्पा जिल्लामा अव्यस्थित, भूमिहीन नागरिकको समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

      जिल्ला भूमिअधिकार मञ्च पाल्पाले प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगमार्फत अव्यस्थित, भूमिहिनहरूको समस्या समाधान गर्न ध्यानार्कषण गराएको हो । संघठनले पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई भूमि व्यवस्थासम्बन्धी आयोग पुनः सक्रिय बनाई काम संचालन गर्न अनुरोध गरेको छ ।

      जिल्लाका १० वटै स्थानीय तहहरुमा भूमिहीन, अव्यवस्थित बसोबासको अत्याधिक समस्या रहेको छ। तानसेन, रामपुर, माथागढी, बगनासकाली, तिनाउँ, रैनादेवी छहरा, निस्दीका पालिकाहरूमा यो समस्या उच्च रहेको छ ।

      अवस्थामा जिल्लास्तरीय भूमि व्यवस्थापन कार्यालयबाट लगत संकलन लिई अन्तिम टुङ्गो लगाउने समयमा आयोग र जिल्लास्थित कार्यालयबाट भएका सम्पूर्ण काम कारवाही रोकी, संस्था नै खारेजले समस्या परेको प्रमुख जिल्ला अधिकारी पाण्डेलाई संघठनले ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।

      यो जिल्लाको मात्र नभई देशभरिका १७ लाख नागरिकहरूको समस्या भएकाले सरकारले उच्च प्राथमिकता दिएर समस्या समाधान गर्नुपर्ने मञ्चका केन्द्रीय सदस्य दलबहादुर रास्कोटीले बताउनुभयो ।

        कमेन्टहरु