ललितपुर महानगरमा आजदेखि ४५ वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै

जगत ठाडा मगर
२०७८ साउन १५ | बिहान ०८:०४ बजे

काठमाडौं । आजदेखी ललितपुर महानगरपालिकामा ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।
भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । साउन १५, १६ र १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका सबै नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउनेछन् ।
महानगरका अनुसार १८ गतेदेखि फेरि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।





