देश

    कोशी ब्यारेजमा पानीको बहाव उच्च, ३१ ढोका खुला

    नवलपुर टुडे
    २०८२ भदौ १६ | बिहान ०६:०५ बजे

      आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो। प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन्।

      कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रूमले जनाएको छ।  

      पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताए।

        कमेन्टहरु