अर्थ

    डिजेल/मट्टीतेलको मूल्य घट्यो

    नवलपुर टुडे
    २०८२ भदौ १६ | बिहान ०६:०५ बजे

      काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएकाे हो ।

      डिजेल/मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ । पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ ।
       
      त्यस्तै एल. पि. ग्यासको बिक्री मूल्य पनि यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

      pp

       
       

        कमेन्टहरु