देश

    बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गत निशुल्क बितरण साइकलमा, प्रधानाध्यापक रकम असुल्दै

    जगत ठाडा मगर
    २०७८ साउन १५ | बिहान ०८:०४ बजे

      सिरहा । बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गत सिरहा जिल्ला साविक गाउँविकास समिति विष्णुपुरकटटी ७ हाल धनगढीमाई १२ स्थित श्री तुल्सी राम सत्य भामा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत महिला विद्यार्थीलाई निःशुल्क वितरण गरिएको भनिएको साइकल वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले प्रति साइकल बापत ५०० पाँच सय रुपैयाँका दरले रकम उठाएको रहस्य सार्बजनिक भएको छ ।

      dddddd

      विद्यालयमा शैक्षिक वर्ष २०७७ मा कक्षा ८ मा अध्ययन गरी हाल कक्षा ९ मा अध्यनरत ४० विद्यार्थीलाई यही साउन १० गते बिहान ११ बजे साइकल वितरण कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश नं २ मुख्य मन्त्री बेटी बचाऊ बेटी पढाऊ कार्यक्रम अन्तर्गत सो साइकल निःशुल्क वितरण गर्न प्रदेशबाट भनिएता पनि प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले विद्यार्थीबाट प्रति साइकल ५०० रुपैयाँका दरले रकम उठाएको रहस्य खुलेको हो ।

      उक्त दिन रकम नबुझाउने विद्यार्थीलाई आईतबार अर्थात् साउन १७ गतेसम्म पैशा विद्यालयमा बुझाउन अल्टिमेटम दिएको नाम उल्लेख नगरिदिने शर्तमा एक महिला विद्यार्थीले बताइन् । चौतर्फी आलोचना भइरहेको रकमको बिरोध हुँदै गर्दा स्थानियले रकम नबुझाउने बताएका हुन् ।

        कमेन्टहरु