अर्थ

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन तीन हजार रुपैयाँले बढ्यो

    रासस
    २०८२ भदौ १५ | बिहान ११:०५ बजे

      काठमाडौँ, भदौ १५ ।शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आइतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।

        कमेन्टहरु