कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, शिक्षा, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

    कविताको शिर्षक अदृश्य होइनौं  परिदृश्य हौ हामी

    याम बहादुर थापा मगर
    २०८२ भदौ १४ | मध्यान्ह ०९:०५ बजे

       

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर

      हामी छौं,
      समयको ओझेलमा हराएका नामहरू,
      तर आवाज अझै बाँचिरहेछ,
      हरेक सडक, हरेक गल्ली र हरेक चुलोमा।

      बेपत्ता परिवारका आँखा,
      अदृश्य घाम जस्तै पोलिरहेका छन्,
      तर आशा, आकाश जस्तै निथरिएका छन् ।
      एक दिन सत्य उज्यालो भएर फर्किनेछ भनेर।

      संसारभरि आवाज उठ्छ,
      किनभने उनीहरूलाई जिउँदै लगिएको थियो, र हामी उनीहरूलाई जिउँदै चाहन्छौं”

      भन्ने स्वरहरू,
      सिमाना नाघेर, संस्कृतिहरू जोडेर,
      पीडालाई एकताको शक्तिमा बदल्दै

      मेक्सिकोका स्मारक विरोधी,
      अर्जेन्टिनाका प्लाजा डे मेयोका आमा,
      कोलम्बियाको नदीमा खोजीमा जुटेका छायाँहरू ।
      सबैले देखाएका छन्,
      न्याय खोज्ने यात्रा कहिल्यै रोकिन्न भनेर।

      नेपालका डाँडाकाँडा,
      द्वन्द्वका दिनहरूमा हराएका अनुहारका कथाहरू
      अझै गाउँको चौतारामा सुनिन्छन्,
      फर्किनेछन्, एक दिन सत्यसँग
      भन्ने भरोसाले आँसु र साहसलाई सँगै राख्दै।

      समाधानको बाटो छ ।
      कानूनी स्पष्टता, प्रविधिको उपयोग,
      पारदर्शी तथ्याङ्क,
      र पीडितसँग सहानुभूतिपूर्ण व्यवहार,
      यी सबैले न्यायलाई जीवन दिन सक्छन्।

      जब समुदाय एकजुट हुन्छ,
      जब राष्ट्र पीडितको पीडा बुझ्छ,
      जब अन्तर्राष्ट्रिय सहयोग खुलेर आउँछ,
      तब हराएका अनुहारहरू इतिहासको धूलो होइन,
      सम्मानका पानामा लेखिन्छन्।

      बेपत्ता दिवसको अर्थ,
      केवल सम्झनु मात्र होइन,
      बरु खोज्ने, बोल्ने र सुधार गर्ने संकल्प पनि हो,
      ताकि भविष्यमा अदृश्यशब्द
      मानवीय पीडाको पर्याय नबनोस्।

      हामी छौं,
      देखिने उज्यालोमा, बोल्ने आवाजमा,
      र न्यायको बाटो खोज्ने यात्रामा
      अदृश्य होइनौं हामी,

      परिदृश्य पनि हौ हामी
      हामी फेरि फर्किनेछौं,
      आशा र सत्यसँगै।

        कमेन्टहरु