दुर्घटना

    चितवन कार दुर्घटनामा चिकित्सकको मृत्यु

    नवलपुर टुडे
    २०८२ भदौ १४ | बिहान ०८:०५ बजे

      चितवन, भदौ १४ । गएराती भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो ।

      दुर्घटनामा परी गम्भिर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

      घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

       

        कमेन्टहरु