दुबई यूएई, बिश्व

    “तीज फेस्टिवल दुवई २०२५” गायकनन्दु परियार र गायीका शान्ता रानी परियारको धमाकादार प्रस्तुति दुवई हुन् गइरहेको छ।

    कबिराज राजबंशी
    २०८२ भदौ १३ | मध्यान्ह ११:०५ बजे

      FB IMG 1756077247000

       

      कविराज राजवंशी प्रवास दुवई यूएई 

      “गुल्मी हो नाम गुल्मेलीको सान रुरु र रेसुद्रा हाम्रो पहिचान” नाराको साथ स्थपना भएको गुल्मी सेवा समाज युएईले यूएईमा कार्यरत नेपाली श्रमिकहरुलाई साथ सहयोग गरदै नेपालमा पनि विभिन्न खालका सामाजीक क्षेत्रमा योगदान गर्दै हरेक वर्ष “तीज फेस्टिवल दुवई २०२५” भव्य रूपमा मनाउँदै आएको छ। यस वर्ष पनि ३१ अगस्त २०२५ को दिन दुवईको बुर दुवई सहरको SK7 क्लबमा हुन गइरहेको छ। जसमा नेपालको चर्चित लोक गायक नन्दु परियार र गायीका शान्ता रानी परियारको धमेकादर प्रस्तुती रहने छ। साथै थुप्रै स्थानीय कलाकारहरुको पनि प्रस्तुती हुनेवाला छ।

       

      मुख्य आकर्षण:

      – “तीज फेस्टिवल दुवई २०२५”

      – नेपालवाट आमन्त्रित तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति

      – नेपाली मौलिक खाने परिकारको स्वाद

      – सम्मान तथा अभिवादन कार्यक्रम

       

      गुल्मी सेवा समाज युएईले सांस्कृतिक सम्पदा संरक्षण एवं प्रवर्द्धन गरी “आपतकालीन राहत कोष स्थापना सहयोगार्थ” उदेश्यले यूएईमा रहेको नेपाली समुदाबीच एकता, सदभाव, कायम गर्न, बिषेश गरि माहिला दिदीबहिनीलाई प्रदेशमा पनि आफ्नो माइतीको सम्झनाको झझल्को दिलाउने “तीज फेस्टिवल दुवई २०२५” कार्यक्रम गर्न गइरहेको हुँदा कार्यक्रममा तपाईंहरुको उपस्थितिको लागि हार्दिक निमन्त्रणा आवहान गरेकोछ।

      FB IMG 1756271800743

       

      कार्यक्रम विवरण:

      📅 मिति: ३१ अगस्ट २०२५, आइतबार

      🕔 समय: दिउसो १:०० बजेदेखि

      📍 स्थान: CONCORDE CREEK VIEW HOTEL, CLUB SK7, BUR DUBAI, UAE

       

       

       

       

       

       

       

       

       

        कमेन्टहरु