थारु समुदायको सबै भन्दा ठुलो चाड वड्का अत्तवार र अनन्ताको शुभ अवसरमा शुभकामना आदानप्रदान

तिलोत्तमा, भदौ १२ । थारु समुदायको सबै भन्दा ठुलो चाड वड्का अत्तवार र अनन्ताको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा तिलोत्तमा नगर समिति रुपन्देहीद्धारा आयोजना गरिएको शुभकामना कार्यक्रम तिलोत्तमा १३ वभनी रुपन्देहीको थारु संस्कृति प्रर्वद्धन संग्रहालयमा सम्पन्न भएको हो ।

कार्यक्रममा वोल्दै तिलोत्तमा नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि जागेश्वर देवी चौधरीले थारु समुदायले परम्परादेखि मनाउदै आएको अत्तवार र अनन्ता पर्व श्रद्धा भावका साथ व्रत बसेर विशेष महत्वका साथ मनाइने पर्व भएको बताउनु भयो । उहाँले यस पर्वले दाजु भाई दिदीबहीनीहरुमा सुख , शान्ति, समृद्धि तथा सफलताको शुभकामना दिनुभयो । साथै उहाले थारु कल्याणकारिणी सभा तिलोत्तमा नगर समिति रुपन्देहीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तिलोत्तमा १३ वभनी रुपन्देहीको थारु संस्कृति प्रर्वद्धन संग्रहालयमा यसरी बसेर मनाउन पाउदाँ यो आफैँमा गौरव र महत्वको विषय पनि रहेको बताउदै खुसी लागेको र यसलाई हरेक वर्ष निरन्तरता दिदै जान पनि समितिलाई आग्रह गर्नु भयो ।
यसैगरी उहाले लुम्बिनी प्रदेशले अत्तवारी पर्वको अवसरमा भदौ ८ गते आइतवार सार्वजानिक विदा दिए पनि रुपन्देहीमा थारु समुदायले तीज पछि मनाउने वड्का अत्तवार र अनन्ता पर्वको आफनै धार्मिक र साँस्कृतिक महत्व रहेकोकाले तिलोत्तमा नगरपालिकाले तिलोत्तमा नगरका थारु समुदायको यो प्रमुख चाड भएकाले आउने भदौ १५ गते आइतवार सार्वजानिक विदा दिने बताउनु भयो ।

यसैगरी कार्यक्रमका अतिथि तथा प्रमुख वक्ता जनकवि बमबहादुर थारुले गएको भदौ ८ गते दा , बाकै वार्दियामा अष्टमी पर्व पछि अत्तवारी पर्व मनाउने र रुपन्देहीमा तीज पछि आउने आइतवारलाई वड्का अत्तवार पर्व मनाउने गरिएको बताउनु भयो । उहाले थारु समुदायले औंसी (अमौसा) बाहेक हरेक चाडपर्व चन्द्रमा उदाउने वेलामा मात्र मनाउने गरेको बताउनु भयो । उहाले भन्नु भयो “हामीले बुद्ध दर्शन मान्छौ , बुद्ध धर्म होइन दर्शन हो । जसले अहिंसालाई त्यागेर सत्य मार्गमा हिड्न प्रत्येकलाई प्रेरित गर्दछ । हामी प्रकृतिलाई मान्छौ हामी प्रकृतिको पुजा र उपासना गर्दछौ । यस पर्वले पनि परिवारमा सद्भाव , माया , प्रेम, आत्मियताको भावाना जागोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।
थारु होमस्टे सेमरीका थारू अगुवा हरिचन्द्र चौधरीका अनुसार थारु समुदायमा रहँदै आएको प्रचलित किंवदन्तीअनुसार (भीम)पुजा गरिन्छ । भदौ महिनामा तीजलाई तीन दिन मानेर गन्दै ६ दिनमा अइतावार परेमा छठिया भयो भन्दै अर्काे हप्ता आउने आइतवार वड्का अत्तवार पर्व मान्ने र यदि ६ दिनमा परेन भने त्यसै हप्ताको आउने आइतवारलाई वड्का अत्तवार मान्ने चलन रहेका बताउनु भयो । उहाले यो पर्व थारु महिला पुरुष दुवैले व्रत बसी मान्ने चलन रहेको बताउनु भयो ।

यसैगरी कार्यक्रममा थारु कल्याण कारिणी सभा रुपन्देहीका सभापति कमल नारायण थारु, जिल्ला कार्य समिति सचिव सरिता चौधरी, सत्यनारयण चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । समितिका अध्यक्ष आशाकुमारी थारुको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमका प्रमुख वक्ता थारु जनकवि वम बहादुर थारुले अत्तवारी पर्व कसरी रहन गयो र किन मानिन्छ यस्को महत्वका वारेमा व्याख्या गर्नु भएको थियो ।
समितिका सचिव दिनानाथ कवरको सन्चालनमा भएको कार्यक्रममा समितिका उपाध्यक्ष अयोध्य चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा थारु कल्याण कारिणी सभा रुपन्देही जिल्लाका सभापति कमल नारायण थारु,सल्लाहाकार सत्यनारायण थारु, थाकसा जिल्ला कार्य समिति सचिव सरिता चौधरी, थाकसा तिलोत्तमा नगर समितिका सम्पुण पदाधिकारी, सल्लाहाकार , सदस्य तथा प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

थारु इतिहासमा समाजलाई सकारात्मक वाटोमा हिडाउन र आजको यो युगसम्म ल्याउन योगदान दिने घाम (र्सुय) नभई सुर्य नाम गरेको मान्छेको त्याग र वालिदानको सम्झनामा पितृदेव मानेर व्रत गर्ने चलन छ । यस दिनमा गहुँको रोटी र चिनी केराको पातमा खाने चलन छ । भने भोली पल्ट पारन गर्ने गरिन्छ । पारन गर्दा गँगटा –केखणा वा माछा मारेर खानै पर्नै मान्यता छ । यसै गरी घरमा वोलाइने दिदीवहीनीका लागी नयाँ कपडा उपहार तथा परिकार पकाएर उपहार दिने गरिन्छ भने भान्दा भान्जीलाई (दाल चामल आलु ) लगायतका बस्तु राखेर सिधा छोएर दान दिने चलन रहेको छ ।





