खेलकुद, दुबई यूएई, देश, धर्म–संस्कृति/रीतिथिति, बिश्व, मनोरन्जन, विश्व

    स्वास्थ्य नै धन हो भन्ने अभिप्रायले प्रवासी भूमिमा नेपालीहरूको योग र दौडको अभियान

    कबिराज राजबंशी
    २०८२ भदौ ८ | मध्यान्ह ०७:०५ बजे

      IMG 20250824 WA0083 edit 246703222522815

       

      कविराज राजवंशी प्रवास दुवई यूएई 

      हिमाल पारि सात समुन्द्र टाढाको देश यूएई, दुवई नेपालबाट टाढा भए पनि प्रवासी भूमिमा रहेका नेपालीहरूको शारीरिक व्यायाम र योगप्रतिको चिन्तन कमजोर भएको छैन। यसको नेतृत्व युएईमा रहेका नवराज पाण्डे (फुलेबुडा) ले गर्दै आउनुभएको सारजाको बुहेरा कर्निसस्थित स्थललाई “फुलेबुडा चोक” नामाकरण गरिएको छ। त्यहाँ बिहान ब्रह्ममुहुर्तमै नेपालीहरू जम्मा भई दौड, योग र व्यायाम गर्छन्। कोही त सोनापुरदेखि नै दौडेर त्यहाँ आइपुग्छन्। व्यायामपछि सबैजनाले योगाभ्यास गरेर दिनको सुरुवात गर्छन्।

      IMG 20250824 WA0080

       

      यस अभियानलाई धार्मिक अभियान्ता गोपाल प्रसाद पराजुली ज्यूले प्रशंसा गर्दै, प्रवासी जीवनमा यसले स्वास्थ्यप्रति जागरण ल्याएको बताउनुभएको छ।

      IMG 20250824 WA0084

       

      फुलेबुडाकी धर्मपत्नी सविता पाण्डे (फुलेनी बुढी) पनि योगाभ्यास सिकाउन सक्रिय हुनुहुन्छ। उहाँले समय निकालेर व्यायाम गर्न चाहने नेपालीहरूलाई मार्गदर्शन गर्दै आउनुभएको छ। यसक्रममा अन्य देशका व्यक्तिहरू पनि सहभागी हुने गरेका छन् र नेपालीहरूको यस्तो स्वास्थ्य–उद्यम देखेर खुसी व्यक्त गर्छन्।

      IMG 20250824 WA0081

       

      कार्यक्रमपछि फुलेबुडाले जहिले पनि समूह तस्बिर खिचेर फेसबुकमा राख्ने गर्नुहुन्छ। यसले थप प्रेरणा जगाएको छ। साथै, यो समूहले युएईमा आयोजना हुने विभिन्न म्याराथनहरूमा सहभागिता जनाउँदै उपाधि हासिल गरेको अनुभव पनि छ। त्यस्तै, प्रेम गिरीले योगासम्बन्धी विशेष ज्ञान बाँड्दै आउनुभएको छ भने दुर्गा पाण्डेले युवाहरूमुखी मार्गदर्शन गर्दै योगदान दिनुभएको छ। साथै, लिला गेलालले प्रशिक्षण र अनुपस्थितिमा समेत सहभागीहरूलाई सक्रिय राख्दै अभियानलाई निरन्तर अघि बढाउँदै आउनुभएको छ।

      IMG 20250824 WA0079

      यसैबीच, नवलपुर सेवा समाज, युएईका चौथो कार्यसमितिका महासचिव रामप्रसाद ढकालले पूर्वीय दर्शन र वाङ्मय प्रतिको आस्थालाई प्रवासी भूमिमा पनि व्यायाम र योगमार्फत जोगाइराख्न सकेकोमा खुसी व्यक्त गर्नुभएको छ। उहाँ स्वयम् पनि समय मिलाएर दैनिक व्यायाममा सहभागी हुँदै आउनुभएको छ। त्यस्तै, आफूलाई “पालपाली” भनेर चिनाउने चन्द्र थापा पनि बिहान–बेलुकी समय मिलाएर व्यायाममा सक्रिय रूपमा संलग्न रहनुभएको छ। उहाँको निरन्तर सक्रियताले समूहलाई अझै प्रेरित गरेको छ।

       

       

      News

        कमेन्टहरु