देश

    सिरहामा एक महिलाको रहस्यमय मृत्यु

    जगत ठाडा मगर
    २०७८ साउन १४ | मध्यान्ह ०६:०४ बजे

      विनोद मण्डल
      सिरहा । सिरहाको धनगढी माई वडा नं ६ सिमरा टोल बस्ने ३० वर्षिय सुनिल महतोको २६ वर्षिय श्रीमती ज्ञान देवी महतोको रहस्यमय मृत्यु भएको हो।

      २०७७/४/११ गते राति मृत्यु भएको खबर माइती पक्षले छिमेकी नगरपालिका लाहान वडा नं १५ का वडा अध्यक्ष मार्फत जानकारी पाएका थिए । मृतक महतोको ससुराल पक्षले मृत्युको खबर डाइरेक्ट माइतीलाई नदिएर अरु मार्फत गराउनु अनि घटना ईलाका प्रहरी कार्यालय लहानमा दर्ता गराउन जाँदा निवेदनमा ३ पटक सच्याउन लगाएर निवेदन दर्ता नगर्नु घटना सुनियोजित रुपमा भएको सहजै अनुमान लगाउन सकिन्छ ।

      माइती पक्षले छोरीलाई पटक पटक शारीरिक मानसिक यातना दिदै आएको र पटक पटक आपसी विवादको समाधान परिवारिक छलफलबाट हुँदै आएको अबस्थामा छोरीको हत्या नै भएको परिवारिक स्रोतको दाबी भएकोले छानविनको लागि अनुरोध गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

        कमेन्टहरु