घटना

    मर्स्याङ्दी नदी किनारमा शव फेला

    रासस
    २०८२ भदौ ७ | बिहान १०:०५ बजे

      तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ । नाम, थर र वतन नखुलेको अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

      स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए । 

        कमेन्टहरु