दुबई यूएई, प्रबास, बिश्व, विश्व

    झापाली समाज युएईको ५ औं अधिवेशनबाट अध्यक्षमा कोईराला चयन

    कबिराज राजबंशी
    २०८२ भदौ ४ | मध्यान्ह ११:०५ बजे

      received 1066232525496908

       

      कविराज राजवंशी प्रवास दुवई यूएई 

      झापाली समाज युएईको ५औ अधिवेशन १७ अगष्ट का दिन नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यमा दुबईमा सम्पन्न भयो । प्रमुख अतिथि मोक्तानले आफ्नो मन्तव्य राख्नु हुँदै झापाली समाज युएईले गरेका सामाजिक गतिविधिहरुको प्रशंसा अन्य समाजहरुले पनि झापाली समाज युएईको सिको गर्नुपर्ने बताए । युएईको नेपाली सामाजिक परिवेशमा झापालीहरुले धेरै उदाहरणीय कामहरु गरेको बताउदै समाजले आफुले गरेका कार्यहरुलाई दस्तावेजिकरण गर्‍दै हाम्रो दायित्व नामक वृतचित्र तयार गरेको उल्लेख गर्दै सबैलाई उक्त वृतचित्र हेर्न सुझाउनु भयो ।

       

      अधिवेशनमा विशेष अतिथि नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद साप्कोटाले झापाली समाज युएईका हरेक सामाजिक कामहरु प्रेरणादायी भएको बताए । अर्का विशेष अतिथि नेपाली समाज युएईका पुर्व अध्यक्ष बेदप्रसाद अर्यालले झापाली समाज युएईले कुनै पनि कामहरु स्मार्ट तरिकाले सम्पन्न गर्ने बताउदै नेपाली समाज युएई र झापाली समाज युएई बीच उल्लेखनीय सहकार्य भएको स्मरण गराए । प्रवासी नेपाली समन्वय बिभाग युएई अध्यक्ष सुजन थापाले युएईमा झापाली समाज युएईको विशेष पहिचान भएको बताउदै सामाजिक कार्यामा झापाली समाज अब्बल रहेको बताउदै यसले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरेका थिए ।

      received 734517889495025

       

      अधिवेशनले आगामी सन २०२५-०२६ को कर्यकालको लागि नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटा संयोजक तथा रामप्रसाद ढुंगेल र दुबल राजवंशी रहेको ३ सदस्यीय निर्वाचन समितिले लोकेश कोईरालको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा क्रमशः रत्न सापकोटा र विष्णु दंगाल, महासचिवमा राम कुमार राउत,”सचिवमा क्रमश: भरत बुढाथोकी र भुपेन्द्र आचार्य , कोषाध्यक्षमा प्रेम अधिकारी, सह-कोषाध्यक्षमा काशीनाथ ढकाल तथा सदस्यमा समीर आलम रहनु भएको छ ।

       

      सोही कार्यक्रममा अफ्ट्यारोमा परेका नेपालिहरुको सहयोग पुर्‍याउने उद्देश्यले युएईमा कृयशिल नेपालिहरुको पुरानो संस्था नेपाली समाज युएईको उद्धार कोषको लागी पाँच सय दिराम आर्थिक सहयोग प्रदान गरिएको थियो । अधिवेशनले महासचिवको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेद सर्वसम्मतले पारित गरेको थियो । अधिवेशनमा पेश गरिएको आर्थिक प्रतिवेदन अनुसार समाजको नाममा करिब ३० लाख नेपाली रुपैयाँ नेपालका क र ख वर्गका बैंकमा साधारण वचत तथा मुद्दति खाता मा जम्मा गरिएको छ । संस्थाका परिकल्पनाकार ढुंगेलका अनुसार उक्त कोषबाट झापाका सबै पालिकाका १/१ जना गरी १५ जना विध्यार्थिलाई कक्षा १ देखि १० सम्म अध्ययन गर्न नियमित रूपमा झापाली समाज युएईको नेपाल सम्पर्क समिति मार्फत छात्रवृत्ति प्रदान गरिदै आएको छ ।

      received 794167576286622

       

      अधिवेशनमा पिएनएस्बी युएईका राहात तथा उद्वार संयोजक कृष्ण खतिवडा, कोच राजबंशी प्रबासी समाज युएईका अध्यक्ष दुबल राजबंशी, ताप्लेजुङ्ग समाज सेवा युएई अध्यक्ष लोकेन्द्र पालंलुवा, नुवाकोट सेवा समाज युएई अध्यक्ष नवीन कार्की, पथरी शनिस्चरे समाज युएईका बलराम कुइकेल, पर्वत समाज युएई अध्यक्ष तिलक साप्कोटा, कानुन विज्ञ प्रल्हाद पाठक, सामाजिक अभियन्ता नवराज पाण्डे (फुलेबुढा), व्यावसायी तथा समाजसेवी व्याक्तित्व प्रेमराज ढकाल, अर्घाखाँची सम्पर्क समिति युएई अध्यक्ष जेपी पोख्रेल, सामाजिक अभियन्ता ताप्लेजुङकी सोनी भण्डारीले निवर्तमान अध्यक्ष अमरराज राईको कार्यकाल अत्यन्तै सफल भएकोमा आभार व्यक्त गर्दै नवनिर्वाचित समितिलाई बधाई दिएका थिए ।

       

      कार्यक्रममा झापाली समाज युएईका सल्लाहकार रघुनाथ ढुंगेल, पुर्व केन्द्रीय सदस्य प्रेम गौतम, सल्लाहकार खगेन्द्र कटुवाल, अबुधाबी क्षेत्रीय अध्यक्ष सुर्यबहादुर खबास, दुबई क्षेत्रीय अध्यक्ष इबनारायण तिवारी, सारजहा क्षेत्रीय अध्यक्ष बिष्णु प्रसाईं, रासलखैमा क्षेत्रीय अध्यक्ष केशब कार्की लगायत युएईका विभिन्न क्षेत्रमा रहनुहुने झापालिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

        कमेन्टहरु